प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसिसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसिसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने । 

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । 

एमसिसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो । 





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १६:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया