वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

विदुर– केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मंगललबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।
 
विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए । राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता भएको छ । 

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् । हाल उनको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ । 

यता, अभियुक्त नेपालीलाई आजै प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १८:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया