प्रचण्ड बाहिरिएपछि बालुवाटारमा कांग्रेस नेताको आन्तरिक छलफल
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाली कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनलाई जोगाएर एमसिसी कसरी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

सत्ता साझेदार दल माओवादीका अध्यक्ष प्रचण्डले केही समय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटे गरेका थिए । देउवा-प्रचण्ड भेटेका बीच अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका थिए । उनी पर्वतबाट फर्किएपछि बालुवाटार पुगेका थिए ।

कांग्रेस नेताहरूको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १८:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया