च्याम्पियन्स लिगः रियल मड्रिड र युभेन्टस पराजित

एजेन्सी– च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएका खेलमा रियल मड्रिड र युभेन्टस पराजित भएका छन् । यद्यपि, दुवै टोलीले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । 

बायर्न समूह विजेता 

त्यस्तै, बुधबार राति भएको समूह ‘ई’ को खेलमा बायर्न म्युनिख म्युनिख र अजाक्सले बराबरी खेलका छन् । दुवै टोलीले ३–३ गोल गरेका हुन् । बराबरी नतिजासँग बायर्न समूह विजेता बनेको छ भने अजाक्स उपविजेता बनेको छ । 

समूह ‘ई’ मा ६ खेलबाट १४ अंक बनाएको बायर्न समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । अजाक्सले समान खेलबाट १२ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ को स्थान पक्का गरेको छ । 

म्यान्चेस्टर सिटीको जित



यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको म्यान्चेस्टर सिटीले अन्तिम खेलमा जित हात पारेको छ । समूह ‘एफ’ को बुधबा राति घरेलु मैदानमा भएको खेलमा सिटीले होफेनहेइमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीका लागि लेरोय सानेले दुवै गोल गरेका हुन् । होफेनहेइम एन्ड्रेज क्रमारिकले गोल गरेका थिए ।



खेलको अग्रता भने होफेनहेइमले लिएको हो । खेलको १६औं मिनेटमा क्रमारिकको गोलको मद्दतमा होफेनहेइमले अग्रता लिएको हो । तर, पहिलो हाफको अतिरिक्त समयमा सानेले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा पुर्याए । उनले ६१औं मिनेटमा अर्को गोल गर्दै टोलीलाई विजयी बनाए । 

सिटीले ६ खेलबाट १३ अंक बनाउँदै समूह विजेता बनेको हो । होफेनहेइम भने यस अघिनै बाहिरिसकेको छ । समूह ‘एफ’ बाट लियोन पनि अन्तिम १६ मा प्रवेश गरेको छ । लियोनले सख्तर डोनेटस्कसँग १–१ गोलको बराबरी खेल्दै समूहको उपविजेता बनेर अन्तिम १६ को स्थान पक्का गरेको हो ।

रियललकाे लज्जास्पद हार

च्याम्पियन्स लिगको समूह ‘जी’ बाट अन्तिम १६ मा स्थान पक्का गरिसकेको स्पेनिस क्लब रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रसियन क्लब मोस्कोवसँग ३–० ले पराजित भएको हो । 

खेलको ३७औं मिनेटमा चालोभले गोल गर्दै मोस्कोवलाई अग्रता दिलाएका हुन् । त्यसको ६ मिनेटपछि स्चेनिकोभले गोल गर्दै मोस्कोवको अग्रता दोब्बर बनाए । खेलको ७३औं मिनेटमा सिगुर्डसनले गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए । 

जितका बाबजुद मोस्कोव समूह चरणबाटै बाहिरिएको छ । रियल मड्रिड भने यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । 


युभेन्टस योङ ब्वाइजसँग पराजित

समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस पराजित भएको छ । युभेन्टस योङ ब्वाइजसँग २–१ गोलअन्तरमा पराजित भएको हो । 

युभेन्टसलाई हराउने क्रममा योङ ब्जाइजका गुइलाउमे होएराउले २ गोल गरेका थिए । युभेन्टसका लागि डिबलाले गोल गरेका हुन् । 

योङ ब्वाइजका लागि ३०औं मिनेटमा होएराउले गोलको सुरुवात गरेका हुन् । उनले खेलको ६८औं मिनेटमा अर्को गोल गरेका हुन् । युभेन्टसका डिबलाले ८०औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि कुनै गोल हुन नसकेपछि योङ ब्वाइज २–१ ले विजयी भएको हो । 

हारका बाबजुद युभेन्टस ६ खेलबाट १२ अंक जोड्दै सूमह विजेताका रुपमा अन्तिम १६ पुगेको छ । यही समूहबाट म्यानचेस्टर युनाइटेड समूह उपविजताका रुपमा अन्तिम १६ पुगेको छ । युनाइटेडले ६ खेलबाट १० अंक जोडेको छ । 


 

  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १०:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया