प्रचण्ड छेपारोजस्तै रङ फेर्न सिपालु : गोकुल बाँस्कोटा

एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छेपारोले जस्तै रङ फेर्ने स्वभावको भएको बताए । 

शुक्रबार साँझ हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

उनले अध्यक्ष प्रचण्ड प्रकृति रङ फेर्ने छेपारोजस्तै भएको बताए । पछिल्लो समय देशको राजनीति घटना क्रममा प्रचण्डले खेलेको भूमिकाको वर्णन गर्दैै नेता बाँस्कोटाले यस्ता मानिसलाई सजिलै विश्वास गर्न नहुने बताए ।

'छेपारोले घाममा एउटा रङ, शीतलमा अर्को रङ फेर्छ । उहाँ पनि छेपारोभन्दा कम स्वभावका हुनुहुन्न । छेपारोले रङ फेरेजस्तै स्वभावका हुनुहुन्छ प्रचण्डजी । रङ फेर्ने प्रतिस्पर्धामा प्रचण्डजी र छेपारोलाई भिडाइयो भने जित प्रचण्डजी कै हुन्छ,' उनले भने ।
 





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार २०:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया