सांसदलाई कन्भिन्स गर्दै प्रचण्डले भने- समस्या समाधानको उपाय नै यही थियो
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन जोगाउनका लागि एमसिसीको पक्षमा निर्णय गर्नुपरेको ब्रिफिङ गरेका छन् । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रचण्डले सो कुरा भनेका हुन् ।

‘अहिलेको समस्या समाधानको उपाय यही थियो । सत्ता गठबन्धन जोगाउनैपर्ने बाध्यता पनि छ’, प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘व्याख्यात्मक घोषणालाई परिमार्जनसहित बुझिदिनुहुन अनुरोध छ ।’

एमसिसीका विरुद्धमा सडक तताइरहेको माओवादी केन्द्रले अनुमोदन गर्ने निर्णयसँगै आलोचना भइरहेको छ । उक्त निर्णयका विरुद्धमा नेताहरूले असहमति दर्ज गरिरहेका छन् । 

पार्टीमा असन्तुष्टि सुनिएपछि बैठक बस्दै प्रचण्डले अन्तिम घडीमा आएर लिइएको यो निर्णयको बाध्यता बुझिदिन सांसदहरूलाई आग्रह गरेका हुन् ।
 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १४:२२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया