प्रहरी समायोजन अध्यादेश ल्याउँदै सरकार

काठमाडौं– भर्खरै कर्मचारी समायोजन अध्यादेश ल्याएर विरोधको सामना गरिरहेको सरकारले अर्को अध्यादेशको तयारी गरेको छ । सरकारले प्रहरी कर्मचारी समायोजनका लागि अध्यादेश ल्याउने तयारी गरेको हो ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी, प्रदेश प्रहरीमा समायोजन गर्न सरकराले नयाँ अध्यादेश बनाएको छ । प्रहरी कर्मचारी समायोजनका लागि बनाएको अध्यादेश सरकारले परामर्शका लागि लोकसेवा अयोगमा पठाएको छ ।

यससँगै, सरकारले भर्खरै सार्वजनिक गरेको कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीले विरोध जनाइरहेका छन् । कर्मचारीले समायोजन अध्ययादेशप्रति जनाएको विमति अर्थहीन भएको सरकारले बताएको छ ।

नेपाल सरकारले आफ्ना कर्मचारीलाई आवश्यकताअनुसार खटाउन सक्ने र त्यसरी खटाउँदा विमति जनाउन नपाइने सरकारको तर्क छ ।

अध्यादेशमा केही कमजोरी भएमा अध्यादेश सच्याउन सकिने भन्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने, ‘अध्यादेश सच्याउन सकिन्छ, तर अध्यादेश मान्दिनँ भन्ने कुरा हुँदैन ।’

उनले अगाडि भने, ‘सरकारले आफ्नो जनशक्ति आफूले चाहेको समयमा जुनसुकै स्थानमा पठाउन सक्छ । जान्न, हुन्न भन्ने छुट कसैलाई छैन ।’





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १९:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया