ललितपुर मेयर च्याम्पियनसिप : उपाधिको लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

दोस्रो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपको फाइनलमा आज साविक विजेता एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने फाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाँच टोली सहभागी प्रतियोगितामा एपिएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । उसले  ४ खेलमा शतप्रतिशत  जितसहित ८ अंक जोडेको थियो ।

एपिएफ सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि रक्षा गर्ने प्रयासमा हुनेछ ।  ४ खेलमा ३ जित १ हारसहित ६ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

सुदूरपश्चिम पनि समूह चरणमा बेहोरेको हारको बदला लिँदै पहिलोपटक उपाधि उचाल्ने सोचमा छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार ८:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया