शान्ति सम्झौता नै दुर्घटनामा पर्ने खतरा भएपछि एमसिसी अनुमोदन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता नै दुर्घटनामा पर्ने खतरा भएपछि एमसिसी सम्झौता अनुमोदन गर्न बाध्य भएको बताएका छन्।

एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सडकमा पनि आन्दोलन बढ्दै गयो । पार्टीभित्र पनि विवाद बढ्दै गयो । अन्तिमतिर आउँदा मेरो दिमागमा के चित्र देख्न थालेँ भने- यो विषयलाई ठिक ढंगले ह्यान्डल गरिएन भने शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने खतरा, संविधान डिरेल हुने खतरा, यो सरकार जाने आउने मात्र देखिएन । धेरै चिज उल्टने खतरा देखियो ।’

यस्तो खतरा बढेपछि आफूले उपाय खोजेको बताए । 

‘मैले पार्टीमा उपाय खोज्नुपर्छ भने । एकोहोरो भनेर सम्पूर्ण प्रक्रियालाई दुर्घटनामा जाने खतरामा धकेल्न सकिँदैन । सकारात्मक केही उपाय छ भने त्यतातर्फ जानुपर्छ भनेँ’, उनले भने ।

लाइभ हेर्नुहाेस् :



 




  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया