पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयाेगशालामा ८ हजार ३४१ जनाकाे नमुना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
परीक्षणमध्ये ५ हजार २१८ जनाको पिसिआर परीक्षण र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएकाे थियाे ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९३६ पुगेकाे छ ।
यही अवधिमा ४०० जना काेराेनामुक्त हुँदा हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेकाे छन् ।
हाल ८ हजार २१ जना होम आइसोलेसनमा र २१४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।