एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको ८२औँ बैठक आगामी बुधबार (मार्च २ तारिख) भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डा प्रस्ताव गरिएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अस्ट्रेलिया राष्ट्रिय समिति, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस–युक्रेनबीचको युद्धपीडित नेपालीको उद्धार र संघको १०औँ महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ । 

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदै छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १९:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया