अब मलाई आलोचनाले फरक पार्दैन : क्याट्रिना कैफ

अभिनेत्री क्याट्रिना कैफ भन्छिन् कि उनलाई अब आफ्नो आलोचना हुँदा कत्ति पनि फरक पर्दैन । 

‘एक समय यस्तो पनि थियो, जब मेरो आलोचना हुन्थ्यो, तब मलाई लाग्थ्यो, अब मेरो करिअर डामाडोल नै हुन्छ कि भन्ने डर लाग्थ्यो,’ क्याटरिना भन्छिन्, ‘तर, अब मलाई जस्तोसुकै प्रकारको आलोचना हुँदा पनि फरक पर्दैन ।’ 

अभिनेत्री क्याट्रिना कैफले बलिउडमा १५ वर्ष पूरा गरिसकेकी छिन् । उनको आज पनि धेरै आलोचना हुने गर्छ । 

आफ्नो फिल्म ‘जिरो’को प्रमोसनमा व्यस्त क्याट्रिना मिडियामा हुने हरेक कुराकानीमा भन्ने गरेकी थिइन्, ‘मैले बलिउडमा काम गर्न थालेको धेरै वर्ष भइसक्यो, अब मलाई जस्तोसुकै प्रकारको आलोचनाले पनि फरक पार्दैन ।’





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १७:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया