‘नाई नभन्नू ल- ६’ का लागि नयाँ अभिनेता र अभिनेत्री खोज्दै निर्देशक आचार्य

लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल-२’ पश्चात् यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिए । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको चलचित्र ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा चलचित्र बनाए । यद्यपि, चलचित्र ’बक्स अफिस’ मा सफल हुन भने सकेन ।

त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै चलचित्रलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसले गर्दा चलचित्र छायांकनमा जान सकेको छैन । 

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै चलचित्र छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा सलोन बस्नेतको अभिनय रहने पक्का छ । चलचित्रको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । 

कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले चलचित्रको लागि अभिनेत्री खोजिरहेको बताए ।

‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौं’, तिमल्सिनाले भने । 

उनले चलचित्रमार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए । 



तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने चलचित्रमा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । 

‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो’, तिमल्सिनाले थपे ।
 



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १३:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया