‘हस मनी’ दिएकोमा ट्रम्प पछुताएको उनकै पूर्व-वकिलको दाबी

वासिङ्टन अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस मनी’ (घुस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका उनका पूर्ववकिल मिसेल कोहेनले बताएका छन् । 

रिपब्लिकन पार्टीका नेता तथा राष्ट्रपतिका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति ट्रम्पसँग आफूहरूको सम्बन्ध रहेको दावी गरेपछि निर्वाचनलाई प्रभावित पार्ने निष्कर्षसाथ स्टोमी डेनियल्स र कारेन म्याक डोगाललाई ठूलो रकम दिएको भन्ने डेमोक्रेटिक पार्टीका समर्थक तथा स्थानीय सञ्चारमाध्यमले बताउँदै आएका छन् । 

महिलाहरूको दावीले निर्वाचनमा आफ्ना मतलाई प्रभावित गर्नसक्ने महसुस गर्दै ट्रम्पले उक्त रकम दिन निर्देशन दिएका कोहेनले बताए ।

बिहीबार कोहेनमाथि तीन बर्षको जेल सजाय भएपछि अमेरिकी समाचार संस्था ‘एबिसी न्युज’ लाई दिएको पहिलो प्रतिक्रियामा डेनियल्स र म्याक डोगाललाई ट्रम्पले ‘हस–मनी’ दिएको बताएका हुन् । 

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले कहिल्यै कानुनविपरित काम गर्न निर्देशन नदिएको बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार २१:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया