पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।
बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार भने महाशिवरात्रि पर्वको कारण शेयर बजार बन्द भएको थियो ।
बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत बढेको छ ।
त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको सेयरमूल्य बढेको छ । जसमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।