एमसिसी विरोधी दलहरू भोलिदेखि संघर्षमा उत्रने
फाइल तस्वीर

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि त्यसको विरोधमा कम्युनिस्ट पार्टी र मोर्चाले जनसभा गर्ने भएका छन् । एमसिसी अनुमोदन भएपछि आन्दोलनमा रहेका साना वाम दल र मोर्चाले शुक्रबार जनसभा गर्ने भएको हो । 

जनसभा खुल्ला मञ्चमा हुने जनाइएको छ । सभालाई नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्नेछन् । 

प्रमुख वक्तामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुती लगायतका नेताहरू रहेका छन् । 

एमसिसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर चैत ६ गतेसम्म विरोधका कार्यक्रमहरु साना दलहरूको मोर्चाले तय गरेको छ ।


 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १४:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया