चार महिनामै ४६ करोड राजश्व

काठमाडौँ– पर्यटन विभागले चालु आवको चार महिनामै  ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लागि एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिक मै ४६ करोड राजश्व उठाउन सफल भएको हो । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा राजश्व सङ्कलन वृद्धि हुने अनुमान गरिएको बताए । सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी जुवाघर (क्यासिनो) बाट उठेको हो । अघिल्लो वर्ष क्यासिनोबाटै ५० करोडभन्दा बढी राजश्व उठेको थियो । विभागबाट दर्ता हुने होटल, ट्राभलआदि पनि राजश्वका मुख्य स्रोत हुन् । 

विभागले आव २०६४–७५ एक अर्ब १३ करोड राजश्व उठाएको थियो । त्यस्तै आव २०६३–७४ मा ६६ करोड मात्र राजश्व उठाएको थियो । विभागको सेवालाई थप गतिशील र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाएको महानिर्देशक घिमिरेले बताए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १५:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया