एनप्याब्सनको अध्यक्षमा हमालको उम्मेदवारी घोषणा

निजी तथा आवासीय विद्यालय एशोसिएसन (नेशनल प्याब्सन)को आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको ७ औँ महाधिवेशनमा पाण्डव हमालले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

जनकपुरधाममा शुक्रबार एनप्याब्सन आवद्ध विद्यालयका सञ्चालकहरूले एक पत्रकार सम्मेलनको आयोजना गरी हमालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् । 

यस संस्थामा आफ्नो लगन, प्रतिबद्धता, कर्तव्यनिष्ठ र निरन्तरताका कारण उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको एनप्याब्सनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले जानकारी दिए । 

सरकारले उच्च शिक्षामा प्रदान गर्ने छात्रवृत्तिको विभेद अन्त्यका लागि पहल गर्ने, नयाँ निजी विद्यालयहरुलाई प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न पहल गर्ने, निजी विद्यालयको हकहित र संरक्षण तथा यसको संवर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्नलगायतका उद्देश्यका साथ हमालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको मिश्रले बताए ।  

उनले भने ‘एनप्याब्सनलाई सेवामूलक र व्यवसायिक संस्थाका रुपमा विकास गर्न, निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हकहित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन हमालको उम्मेदवारी अध्यक्ष पदमा हो ।’

अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायी वासिन्दा हुन् । हमालसँगै एनप्याब्सनको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान महासचिव सुभाष न्यौपानेले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । 



पत्रकार सम्मेलनमार्फत मिश्र स्वयंले पनि एनप्याब्सनको प्रदेश अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनप्याब्सनसँग आवद्ध ७ सय सदस्यलाई अध्यक्ष पदमा आफूलाई समर्थन गर्न उनले आग्रहसमेत गरेका छन् । देशभर एनप्याब्सनसँग १ हजार ९ सय सदस्यहरु आवद्ध रहेका छन् ।



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार २०:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया