कांग्रेस अछाम अधिवेशन : ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी
फाइल तस्वीर

नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यको अन्तिम नामावली प्रकाशन गरेको छ । ७ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । 

पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, वर्तमान सभापति भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतिमा उम्मेदवारी परेको हो । सभापतिका उम्मेदवार शाह क्षेत्र नं. २ बाट एक्लो उम्मेदवार हुन भने क्षेत्र नं. १ बाट स्वाँर र कुवँरले उम्मेदवारी दर्ता गराका हुन् । 

उपसभापतिमा आवश्यक २ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललित बहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा ढुंगाना र बजगाईँ क्षेत्र नं. २ बाट हुन् भने क्षेत्र नं. १ बाट साँउद, शाह र कुवँरको उम्मेदवारी कायम भएको छ ।

जिल्ला सचिव २ जनाको लागि ६ जनाको उम्मेदवारी परेको छ । अनिल कुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साँउद र सुरत बहादुर बुढथापाको उम्मेदवारी परेको छ । सचिवमा दुबै क्षेत्रबाट ३/३ जनाको उम्मेदवारी कायम भएको छ । 

यस्तै सहसचिव २ जनको लागि ५ जनाको उम्मेदवारी परेको छ । खगेन्द्र बहादुर खड्का, गोविन्दबहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साँउद र हिक्मतबहादुर धामीको उम्मेदवारी कायम रहेको छ । जिल्ला कार्य समिति सदस्य खस आर्य ६ पुरुष तर्फ जनाको लागि २१ जनको उम्मेदवारी परेको छ । 

खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरु सबै निरबिरोध निर्वाचित भएका छन् । दलित सदस्य पुरुष तर्फ ६ र महिला तर्फ २ जनाले उम्मेदवारी दिएका छन् । 



भूगोल तर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेख बाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उम्मेदवारी परेको छ ।



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार २०:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया