प्रेम पाण्डे नेतृत्वमा नाएरले छान्यो नयाँ कार्यसमिति

नेपालमा उच्च शिक्षाका लागि अष्ट्रेलिया प्रमोट गरिरहेका शैक्षिक परामर्श संस्थाहरुको संगठन नेप्लिज एशोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर)ले आगामि दुई वर्षका लागि नयाँ कार्यसमिति छानेको छ ।

शुक्रबार काठमाडौंमा भएको नाएरको वार्षिक साधरण सभाले नयाँ कार्यसमिति छानेको हो । 

नाएरले जनाएअनुसार अबको दुई वर्षे कार्यकालका लागि प्रेम पाण्डे अध्यक्ष छानिएका छन् । त्यस्तै, उपाध्यक्षमा उद्धव बहादुर खड्का छानिएका छन् । खड्का यसअघि नाएरका महासचिव थिए ।

अबको कार्यकालका लागि थरेन्द्रराज अधिकारी महासचिव चयन भएका छन् । एन्ड्र्यु पौडेल सचिव छानिएका छन् भने शालिकराम भण्डारी कोषाध्यक्ष छानिएका छन् । भोजराज पाण्डे र बुद्ध शाक्य नाएरको कार्यसमितिका सदस्य भएका छन् ।

नाएरको स्थापना अष्ट्रेलियन हाइ कमिसन र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा सन् २००७ मा भएको थियो । १४ औं साधरण सभामा निवर्तनमान अध्यक्ष विज्ञान श्रेष्ठले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाउनुका साथै आगामि कार्यसमितिलाई शुभकामना दिएका थिए ।

नेपालमा भएका अष्ट्रेलियन कलेज तथा विश्वविद्यालयका आधिकारिक शैक्षिक परामर्शदाता संस्थाहरुको छाता संगठन नाएरले अष्ट्रेलियन दूतावास, अष्ट्रेलियाबाट नेपाल फर्किएकाहरुको संगठन आनालगायतसँग सहकार्य गर्दै आएको छ ।



अब अष्ट्रेलियामा उच्च शिक्षाका लागि काम गरिरहेका संस्थाहरुको आधिकारिक संगठनका रुपमा नाएरको विकास गरिने नयाँ कार्यसमितिले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १४:१४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया