स्पेनिस ला लिगाः रियल मड्रिडको कठिन जित

एजेन्सी– स्पेनिस ला लिगान्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले गोल गरेका हुन् । 

खेलको १३औं मिनेटमा बेन्जिमाको गोलबाट अग्रता लिएको रियलले गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेन । 

योसँग रियल अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रियलले १६ खेलबाट २९ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १५ खेलबाट ३१ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको १६ खेलबाट ३१ अंक नै छ ।  

शनिबार राति नै भएका अन्य खेलमा गेटाफेले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी एट्लेटिको मड्रिडले भ्यालाडोलिडालाई ३–२ गोलअन्तरले पराजित गर्यो । भ्यालेन्सिया र इल्बारबीचको खेल भने १–१ मा सकियो । 


 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार ९:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया