राजनीतिमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही सीमित नेताहरुको प्रभावमा शासन सत्ता चलिरहेको बताएका छन् । उनले राजनीति र चुनावमा युवाहरुको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार राप्रपा केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन​ले यस्तो धारणा व्यक्त गरेका हुन् । 

एकथरी नेताहरु विगत ३१ वर्षदेखि सत्तामा रहेको र उनीहरुकै कारण देशको अवस्था ओरालो लागेको र प्रणाली नै असफल भएको लिङ्देन​ले बताए । 

उनले भने, ‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरि कतिपटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यसकारण देशमा विद्यमान निराशा चिर्न युवाहरुले राजनीतिमा हस्तक्षेप गर्नुपर्दछ, चुनावमा हस्तक्षेप गर्नुपर्दछ ।’





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २२:३२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया