राप्रपा नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ७८ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।  

शेरचन राप्रपाको संस्थापक नेता एवं तत्कालीन राप्रपा नेपालका महामन्त्री हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।  

पूर्वमन्त्री, राप्रपाका नेता, तत्कालीन राप्रपा नेपालका महामन्त्री गणेश शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी छु । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्‍जली व्यक्त गर्दछु,’ लिङ्देनले फेसबुकमा लेखेका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ८:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया