अमेरिकाको चिफ अफ स्टाफमा मिक मुवाने

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बजेट निर्देशक मिक मुवानेलाई नयाँ कार्यवाहक चिफ अफ स्टाफमा नियुक्त गर्ने बताएका छन् । ट्रम्पले ट्वीट गर्दै मिकले प्रशासनमा रहँदा राम्रो काम गरेकाले उनलाई चुनिएको उल्लेख गरेका छन् । 

अहिलेका चिफ अफ स्टाफ जोन केली यो वर्षको अन्तिमसम्ममात्र रहने छन् । ट्वीटरमा ट्रम्पले लेखेका छन् – ‘जोन एक महान देशभक्त हुन, म उनको सेवाको लागि निजी रुपबाट धन्यवाद दिन चाहन्छु ।’ 

धेरै व्यक्तिहरु व्हइट हाउसमा चिफ अफ स्टाफ बन्न चाहन्थे तर मिक सबैभन्दा योग्य र उपयुक्त भएकाले उनलाई छनोट गरिएको ट्रम्पले उल्लेख गरेका छन् । 

यो भन्दा अगाडी राष्ट्रपतिले रोजेका अर्का व्यक्ति निक आयर्सले गएको हप्ता आफू यो पदको दौडमा नरहेको बताएपछि रिपब्लिकन पार्टीका पूर्व सांसद मुवानेलाई ट्रम्पले चिफ अफ स्टाफ नियुक्त गर्ने बताएका हुन् । मुवाने उपभोक्ता वित्तिय सुरक्षा ब्युरोको कार्यकारी प्रमुखको रुपमा समेत काम गरिसकेका छन् । 
 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १२:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया