अमेरिकी आन्तरिक सुरक्षामन्त्री जिन्केकाे राजीनामा

एजेन्सी- यात्रा तथा राजनीतिक क्रियाकलापलगायतका विषयमा सङ्घीय अनुसन्धान सुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षामन्त्री रायन जिन्केले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामापत्रमा जिन्केले विपक्षीबाट राजनीतिकप्रेरित आरोप लागेकाले आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अवरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ । 

जिन्केको राजीनामाका बारेमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्वकङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताएका छन् । उनले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिए । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नुपर्दछ । 

हालैको चुनावबाट अमेरिकी संसद कङ्ग्रेसमा बहुमत ल्याएका डेमोक्रेटले जिन्केको आचरण र फजुल खर्चका विषयमा अनुसन्धान गर्ने सम्भावना थियो । डेमोक्रेट पार्टीले कङ्ग्रेसमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत चुनावी अभियान, व्यवसाय, प्रतिष्ठान र प्रशासनका बारेमा अनुसन्धान थाल्ने अनुमान पनि गरिएकाे छ । 

जिन्केले राष्ट्रपति ट्रम्पको संघीय वातावरणीय नियम लागू गर्न तथा देशभित्रै ऊर्जा विकासलाई प्रवर्धन गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उनी वातावरण संरक्षण एजेन्सीका कार्यक्रममा अर्थपूर्ण सहभागिता जनाउने गर्थे । नेभी सिलमा काम गरेको बताउने जिन्केले अमेरिकी तेल तथा ग्यास उद्योगलाई पुनर्जीवित गर्ने योजना अगाडि सारेर स्थानीयवासीबाट प्रशंसा बटुलेका थिए । 

ट्रम्पले कहिल्यै पनि जिन्केसँग गहिरो निजी सम्पर्क स्थापित गरेनन् । तर वातावरणीय समूहबाट भएका आलोचनको दृढतापूर्वक प्रतीरक्षा गरेकामा जिन्केप्रति सम्मान प्रकट गरे । पछिल्लो समय जिन्केमाथि कङ्ग्रेसले छानबिन गर्ने सम्भावना बढेको निष्कर्षमा अमेरिकी प्रशासन पुगेको थियो । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १३:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया