कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

नोहपेन्ह- कम्बोडियाका भन्सार अधिकारीहरूले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ टनभन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । 

नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अवैध चोरीसिकार हुने पारवहन मुलुकका रूपमा हेर्ने गरिन्थ्यो । 

भन्सार विभागका निर्देशक सन छ्याएले हात्तीको बहुमूल्य दाह्रा त्यसै छाडिएको कन्टेनरभित्र फेला परेको बताए । उनले उक्त कन्टेनर गत वर्ष नै दक्षिण अफ्रिकी देश मोजाम्बिकबाट आएको जानकारी दिए । पहिचान नखुलेको उक्त कन्टेनरका मालिक हालसम्म सम्पर्कमा नआएको उनले जानकारी दिए । 

सन छ्याएले उक्त सामग्री अरू मुलुक पठाउन यहाँको बन्दरगाह प्रयोग गरिएको हुन सक्ने बताए । चीन र भियतनाममा बढ्दो मागका कारण तस्करहरूले वन्यजन्तुका आखेटोपहार ढुवानी गर्न कम्बोडियाको मार्ग प्रयोग हुने गरेको छ । 

कम्बोडियाको कमजोर कानुनी व्यवस्था एवं भ्रष्टाचारका कारण वन्यजन्तुको तस्करी बढेको छ, खासगरी छिमेकी मुलुक थाइल्यान्डले उक्त प्रतिबन्धित व्यापारमाथि कडाइ गरेपछि तस्करहरू कम्बोडियातर्फ आकर्षित भएको पाइएको छ । चीन र भियतनाममा हात्ती र गैंडाका हाडखोरलाई परम्परागत औषधि र अन्य चिकित्सा क्षेत्रमा प्रयोग गरिन्छ ।





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १४:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया