सञ्चारिका समूहकाे प्रदेश–३ मा दाहाल

हेटौँडा– महिला पत्रकारहरुको संगठन ‘सञ्चारिका समूह नेपाल’ प्रदेश–३ शाखाको कार्यसमिति गठन भएको छ । उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्ला समेटेर प्रदेश ३ शाखा गठन गरिएको हो । 

हेटौँडामा एक भेलाबीच गठन भएको १३ सदस्यीय कार्यसमितिमा मकवानपुरकी सरिता दाहाल अध्यक्ष छिन् ।

समितिको उपाध्यक्षमा सविता श्रेष्ठ (चितवन), महासचिवमा गायत्री खतिवडा (धादिङ), सचिवमा शान्ति श्रेष्ठ (रामेछाप) र कोषाध्यक्षमा नानीमैयाँ विष्ट (मकवानपुर) छन् ।

सदस्यमा विमला पाण्डे (सिन्धुली), गोमा केसी (सिन्धुपाल्चोक), जमुना गजुरेल (नुवाकोट), रमा दाहाल (काभ्रेपलाञ्चोक), गायत्री आचार्य (दोलखा), सरस्वती न्यौपाने (रसुवा) र समीक्षा पुरी (चितवन) छन् ।

भेलामा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला शाखा अध्यक्ष हरि हुमागाईंलगायत उपस्थित थिए । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १९:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया