को-को भए माओवादीका प्रदेश इन्चार्ज ?

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । 

जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । 

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ ।  

त्यस्तै, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २०:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया