बडी बिल्डिङमा नेपाल ‘वर्ल्ड च्याम्पियन’

काठमाडौं– थाइल्यान्डमा सम्पन्न १०औँ विश्वव्यापी शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जिते । 

बडी बिल्डिङमा यो नेपालको अहिलेसम्मकै ठूलो सफलता हो ।

आफ्नो समूहका १२ राष्ट्रका बडी बिल्डरलाई पछि पार्दै महर्जन वल्र्ड च्याम्पियन बने । फाइनलका लागि १२ प्रतिस्पर्धीबाट टप ५ छानिएका थिए । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडी बिल्डर थिए ।

शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै महर्जन स्वर्ण जित्न सफल भए ।

भारतका जयप्रकाश दोस्रो भए । सिंगापुर तेस्रो, थाइल्यान्ड चौथो र उज्बेकिस्तान पाचौँ भए ।

३५ वर्षीय महर्जनले यसअघि भुटानमा भएको ५०औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार २१:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया