नेपालकाे लगातार दोस्रो जित

श्रीलंका भ्रमणअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्टस् क्लबमाथि ८१ रनकाे सहज जित हात पारेकाे छ ।

१९७ रनको लक्ष्य पछ्याएकाे श्रीलंका नेभी ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियाे ।

नेपालका लागि पवन सर्राफले ३, दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, विक्रम साेब र कुशल भर्तेलले १-१ विकेट हात पारे ।
 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनमा समेटिएकाे थियाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २८ र विवेक यादवले २६ रन बनाउँदा कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे । 

पहिलो खेलमा नेपाल १११ रनले विजयी भएकाे थियाे ।

युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत आयोजक युएई र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजकाे तयारी स्वरूप नेपालले श्रीलंकामा अभ्यास खेलिरहेकाे हाे ।



यसपछि नेपालले १० मार्चमा श्रीलंका पुलिस र ११ मार्चमा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलम्बो ११ सँग खेल्नेछ । नेपाली टोली १४ मार्चमा युएई प्रस्थान गर्नेछ ।



  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १६:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया