नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)

अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना  भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनमा संयुक्त आयोनामा आज मंगलबार २४ गते एलओडीमा बक्सिङ खेल हुने भएको हो ।

४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी हुने भएका हुन् । प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी छन् ।

नारी सशक्तीकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवेरले बताए । महिलाले सामाजिक वा कानुनी रूपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे । तस्बिरहरू





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १७:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया