माओवादी केन्द्र महोत्तरीका पाँच नेताले गरे पार्टी परित्याग

नेकपा माओवादी केन्द्र महोत्तरीका केही नेताहरूले पार्टी परित्याग गरेका छन् ।

नेपालमा एमसिसी पास गरेर देशको राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको भावनासँग खेलबाड गरेको भन्दै  उनीहरूले पार्टी परित्याग गरेका हुन्।

एमसिसी पास गर्न नेकपा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहेको हुँदा  पार्टीको साधारण सदस्य समेत नरहने गरी दल त्याग गरेको घोषणा गरेका छन्।

पार्टी परित्याग गर्नेहरूमा पार्टीको मधेस प्रदेश सदस्य समेत रहेका महोत्तरी जिल्ला संयोजक तुलसी प्रसाद ढुङ्गाना, रामबहादुर राना, राजन प्रसाद ढुङ्गाना, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य उर्मिला कार्की, बर्दिबास नगरपालिका वडा नम्बर-३ का वडा कमिटी अध्यक्ष नरबहादुर खनाल रहेका छन् ।

प्रेस विज्ञप्ति :


 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १०:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया