तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : प्रदीप पौडल
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभई भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।

नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले यस्ताे बताएका हुन् ।

पौडेलले भने, ‘विधि पद्धतिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । कांग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नुपर्छ ।’ 

उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सही बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १६:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया