पोखराबाट स्याङजातर्फ जाँदै गरेको जिप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
बुधबार साँझ शुक्लागण्डकी नगरपालिका–७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जिप दुर्घटना भएको जनाएको छ ।
घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङ्जाको चापाकोटकी इन्द्रकुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्यामबहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।