न्याय परिषद् बैठक : सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस

बिहीबार बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुन् । 

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको छ । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । 

परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष तथा कानुनमन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुन व्यवसायी र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका कानुन व्यवसायी सदस्यका रुपमा रहने गरेका छन् ।

संविधानको धारा १२९ अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । उच्च अदालतको न्यायाधीशको नियुक्ति भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्ने व्यवस्था छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २१:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया