मेलम्ची खानेपानी : भगौडा ठेकेदारको धरौटी रोक्न बैंकलाई पत्र

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रुपैयाँ धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पत्राचार गरेको छ ।

काम अधुरो छाडेर कम्पनीका कर्मचारी भाग्न खोजेपछि समितिले धरौटी रकम रोक्ने प्रक्रिया अघि बढाएको हो । केहीअघि उक्त कम्पनी टाट पल्टिएको खबर बाहिरिएकाे थियाे । 

सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित ८ कर्मचारी भाग्ने क्रममा आइतबार राति पक्राउ परेका थिए ।

सिएमसी कम्पनी आफैँले केही समयअघि टाट पल्टिएको सूचना सार्वजनिक गरेपछि सरकारले त्यसबारे खोजीनीति थालेको थियो । इटालीस्थित अदालतले सिएमसीलाई साधारण प्रशासनिक काम मात्र गर्न आदेश दिएको खबर छ ।





  • प्रकाशित मिति : पुस २, २०७५ साेमबार १९:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया