सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट
फाइल तस्वीर

पछिल्लो एक सातामा शेयर बजारमा मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ । 

अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ । 

यो साता चार दिन मात्रै कारोबार भएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ । 

पछिल्लो दुई साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा यो साताको अन्तिम कारोबारको दिन बिहीवार ५० अंक भन्दा बढीले बढेको छ ।

साताको अन्तिम कारोबारको दिन बिहीवार ५२.३१ अंकले नेप्सेमा वृद्धि भएर २ हजार ५६६.९० विन्दुमा रोकिएको छ । यो साताको बिहीवारसम्मको  कारोबारमा २०.३ अंकले गिरावट आएर २ हजार  ५६६.९० विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको थियो । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक अंक बढेको थियो भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको थियो ।  



आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको थियो । नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको थियो । 



सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलवार भने अन्तर्राष्ट्रिय ११२ औँ महिला दिवस परेकाले शेयर कारोबार बन्द भएको थियो ।

नेप्से परिसूचक बुधबार ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ । बिहीबार कारोबारमा २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो सातामा २०.३ अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले २ खर्ब ९ अर्ब ९३ करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको विहीबारको कारोबारपछि ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । 

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार २०:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया