व्याख्यात्माक टिप्पणी लाज ढोक्ने टालोः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाबाट एमसिसी पारित गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् । 

शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङ्देनले राजनीतिक दलहरूले एमसिसी पारित गर्दा गरेको व्याख्यात्मक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् । 

उनले एमसिसीलाई गठबन्धन दलहरूले सरकारमा बसिराख्ने अस्त्रको रूपमा प्रयोग गरेको आरोपसमेत लगाए । 

उनले भने, ‘देशका प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रूपमा प्रयोग गर्ने चेष्टा गरेका छन् । यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १३:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया