प्रिमियर लिग : ब्राइटनमाथि लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ ।

लिभरपुलले घरेलु टाेली ब्राइटनमाथि २-० काे सहज जित हात पारेकाे हाे ।

फालमेर स्टेडियममा लिभरपुललाई जित दिलाउन लुईस डियाज र माेहम्मद सलाहले १-१ गाेल गरे ।

खेलकाे १९ औं मिनेटमा डियाजले पाहुना टाेलीलाई अग्रता दिलाएका थिए । ६१ औं  मिनेटमा सलाहले पेनाल्टीमार्फत गाेल गर्दै लिभरपुलकाे अग्रता दाेब्बर बनाए ।

त्यसपछि थप गाेल निस्कन नसक्दा लिभरपुलले २-० काे सहज जित निकाल्याे ।

जितसँगै २८ खेलमा ६६ अंक जाेडेकाे लिभरपुल दोस्रो तथा पराजित ब्राइटन समान खेलबाट ३३ अंकका साथ १३ औं स्थानमा छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार २०:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया