नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्यसहित एक दर्जन बढी नेता/कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित नेपाली कांग्रेस र राप्रपा परित्याग गरी एक दर्जन बढी नेता/कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका उनको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।