सेयर बजार १७ अंकले घट्यो
फरकधार / १ चैत, २०७८

सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । 



सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको  हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ ।

सोमबार बजार सफ्टवेयरमा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेक्सन देखिएको हो । 



मंगलबारको बजारमा लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउँदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन् ।  



मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५.१३ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकम अपी पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ ।

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १६:३८:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया

Provided by