अपहरण मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ

धनुषा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दाका फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनका ३२ वर्षीया श्रीमती विभा पासवान रहेका छन् ।
 
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले प्रतिवादी रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा विभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवाना हुने गरी फैसला सुनाइएको थियो ।
 
अदालतको फैसलापश्चात् फरार रहेका दुवैजना प्रतिवादीलाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
 
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागार कार्यालय झुम्का सुनसरी पठाइने उनले बताए ।





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २०:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया