संसद अधिवेशन अन्त्य : प्रधानन्यायाधीशविरुद्धको महाभियोग के हुन्छ ?
फाइल तस्वीर

राष्ट्रपति विद्यादवी भण्डारी संसद् अधिवेशन अन्त्य गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी हुन् । 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद अधिवेशन अन्त्य भएसँग फागुन १ मा संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ । 

बुधबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । तर, सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिदिएको छ । 

बुधबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । तर, महाभियोगको प्रक्रिया राम्रोसँग सुरु नहुँदै अधिवेशन अन्त्य हुने भएको हो । 

प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको भए संसद अन्त्य भए पनि छानबिन प्रक्रिया अगाडि बढ्न सक्थ्यो तर प्रक्रिया नै सुरु नभएका कारण यसबारेको केही प्रक्रिया पनि अघि नबढ्ने भएको हो । 

संसदमा सामान्य छलफल नै नभई अधिवेशन अन्त्य भएपछि राणाविरुद्धको महाभियोग सिफारिस समितिमा पठाउने प्रक्रिया रोकिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुले बताए । 



महाभियोग दर्ता भएसँगै राणा हाल निलम्बित अवस्थामा छन् । 

प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । 



तर प्रक्रिया सुरु नहुँदा समस्या देखिएको छ । अब आगामी अधिवेशनमा मात्र यसबारेको छलफल प्रक्रिया सुरु हुने छ । आगामी अधिवेशन बजेट अधिवेशन हुनेछ । उक्त अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने छ । 

'महाभियोगबारे सिफारिस समितिमा प्रस्ताव पठाइएको छैन । त्यसैले आगामी अधिवेशनमा महाभियोगबारेको प्रक्रिया अघि बढ्छ' गुरुङले भने ।

 जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल गरिसक्नुपर्ने भएकाले आगामी वैशाख मध्यतिर संसद अधिवेशन आह्वान हुन सक्ने सम्भावना रहन्छ । 

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २०:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया