बार्सिलाेना युराेपा लिगकाे क्वार्टरफाइनलमा

स्पेनिस क्लब बार्सिलाेना युराेपा लिगकाे क्वार्टरफाइनल प्रवेश गरेकाे छ । ​गएराति अन्तिम-१६ को दोस्रो लेगमा टर्किस टाेली गालाटासारेलाई २-१ तथा समग्रमा पनि २-१ ले नै पराजित गर्दै बार्सिलाेना क्वार्टरफाइनल प्रवेश गरेको हो ।

गालाटासारेकाे घरेलु मैदान एनइएफ स्टेडियममा भएको खेलमा बार्सिलाेनालाई जित दिलाउन पेड्री र पिएरी इमरिक औवामियाङले १-१ गाेल गर्दा घरेलु टाेलीका लागि मार्काओले एक गाेल गरे ।

खेलकाे २८ औं  मिनेटमा मार्काओकाे गाेलमार्फत  गालाटासारेले अग्रता लिएकाे थियाे । ३७ औं मिनेटमा पेड्रीले पाहुना टाेलीलाई १-१ काे बराबरीमा ल्याए ।

४९ औं मिनेटमा औवामियाङले गाेल गरेपछि २-१ काे राेमाञ्चक जित निकाल्दै  बार्सिलाेनाले अन्तिम-८ काे यात्रा तय गर्‍यो ।​ बार्सिलाेनाकाे घरेलु मैदान क्याम्प नाेउमा भएकाे पहिलाे लेग गाेलरहित बराबरीमा सकिएकाे थियाे ।
 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ६:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया