‘चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्छ’

चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने विषयमा अमेरिकाको ठूलो चिन्ता रहेको ह्वाइट हाउसले जनाएको छ ।

वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन् । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत्‌ शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ रहेको बताएका छन् । 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ८:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया