आफ्नै अडियोले थप अप्ठ्यारोमा पल, प्रहरीले पेस गर्‍यो यस्ता प्रमाण

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह अर्थात् पल शाहमाथिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई १४ वर्षसम्म कैदको मागदाबीसहित अदालतमा मुद्दा दर्ता भएको हो ।  

पलले नाबालिगलाई बलात्कार गरेको भन्ने पुष्टि गर्न विभिन्न प्रमाण जुटाएर पेस गरेको छ । जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको कागज, होटल सञ्चालिका सुलोचना कुँवरको कागज, होटलको इन्ट्री बुक, अर्जुनप्रसाद तिवारीको कागज, पीडित भनिएकी बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, दुर्गाबहादुर थापा (दुर्गेश) को कागज, अडियो रेकर्डलगायतलाई प्रमाण मान्दै अदालमा मुद्दा दर्ता गरिएको छ ।   

शाहविरुद्धको मुख्य प्रमाणको रूपमा उनकै अडियोलाई लिइएको छ । २ मिनेट ३५ सेकेण्ड लामो अडियो अडियोमा भनिएको छ, ‘...यसमा चाहिँ के छ भनेसी यति ठूलो डिसिजन लिनुपर्छ भन्ने नै छैन । किनभने उ प्रेगनेन्ट भाको भए... मैले गर्दा प्रेग्नेन्ट भएको भए... समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो... बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने अब गर्लफ्रेण्ड ब्वाइफ्रेण्डमा अन्डरस्ट्याण्डिङमा भयो होला। हामीसँगै हुँदा केही भयो होला, तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ? विवाह गर्नै पर्छ?’ 

गत वर्षको ७ चैतमा सुटिङको क्रममा गैँडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा नाबालिगमाथि शाहले बलात्कार गरेको आरोप लागेको छ। उनले विवाह गर्छु भनि फकाएर बलात्कार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

पीडित भनिएकी बालिकाले दिएको बयानअनुसार राति ११ बजेतिर शाहले फेसबुक म्यासेन्जरमा म्यासेज गरी ‘म आउँछु ढोका खुल्ला गरी राख्नु’ भनेको बताएकी छिन् । त्यसपछि ढोका ढकढक गरेको आवाज आएपछि ढोका खोल्दा शाह आएको बताएकी छिन् । त्यस राति शाहले आफूमाथि जबरजस्ती करणी गरेको उनको बयान छ ।  





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १२:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया