युक्रेनको मारिउपोलमा रुसी हवाई आक्रमणको निशाना बनेको थिएटरको भग्नावशेषबाट हालसम्म १३० जनाको उद्धार गरिएको छ ।
अधिकारीहरुका अनुसार सयौं मानिसहरु यस थिएटरको बेसमेन्टमा आश्रय लिएका थिए ।
युक्रेनका मानवअधिकार आयुक्तका अनुसार यो थिएटरमा रुसले बम विष्फोट गराएको थियो । विष्फोटपछि थिएटर पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।
मानवअधिकार आयुक्त लुडिमिला डेनिसोभाले एक टेलिभिजन वक्तव्यमा राहत र उद्धार कार्य अझै जारी रहेको बताइन् ।
अधिकारीहरूका अनुसार थिएटरमा अझै १३०० भन्दा बढी मानिस फसेको अनुमान गरिएको छ ।
युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर मारिउपोल रुसको घेराबन्दीमा छ । युद्धको सुरुवातदेखि नै रुसी सेनाले यहाँ भीषण आक्रमण गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार यस सहरमा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।