लिड्सकाे राेमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएकाे खेलमा लिड्स युनाइटेडले रोमाञ्चक जित हासिल गरेकाे छ ।

लिड्सले २ गाेलले पछि परेकाे अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै घरेलु टाेली वुल्भ्समाथि ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे ।

मेलिनेक्स स्टेडियममा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन, रोड्रिगो र लुके एलिङले गर्दा घरेलु टोलीका जोनी र फ्रानसिस्काे ट्रिन्काओले गोल गरे ।

खेलको २६ औं मिनेटमा ट्रिन्काओको पासलाई जाेनीले सदुपयाेग गर्दै जाेनीले घरेलु टाेलीलाई अग्रता दिलाएका थिए ।

पहिलाे हाफकाे थप गरिएकाे समयमा ट्रिन्काओले वुल्भ्सकाे अग्रता दाेब्बर बनाए । उनले ड्यानियल पोडेन्सको पासलाई सदुपयाेग गरेका हुन् ।

५३ औं मिनेटमा राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वुल्भ्स १० खेलाडीमा सिमित बन्दा लिड्सले त्यसको फाइदा उठायाे ।



६३ औं मिनेटमा ह्यारिसनले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।

६६ औं मिनेटमा रोड्रिगोले साम ग्रिनउडको पासलाई पाेस्टकाे दिशा दिँदै पाहुना टाेलीलाई २-२ काे बराबरीमा ल्याए ।



दोस्रो हाफकाे थप गरिएकाे समयमा एलिङले गाेल गरेपछि लिड्सले ३-२ काे राेमाञ्चक जित निकाल्याे ।

जितसँगै लिड्स ३० खेलमा २९ अंकका साथ १६ औं स्थानमा रहँदा पराजित उल्भ्स समान खेलबाट ४६ अंकका साथ आठाैं स्थानमा छ ।

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार ८:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया