दक्षिण अफ्रिका विरुद्धकाे एक दिवसीय खेलमा बंगलादेशकाे जित

बंगलादेशले शुक्रबार राति दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय खेलमा ३८ रनको जित निकालेको छ । 

बंगलादेशले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा २७६ रनमा सीमित भयो । 

दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ८६ रन जोड्दा डेविड मिल्नरले ७९ रनको योगदान गरे । त्यस्तै, बभुमाले  ३१ रन जोडे ।

बंगलादेशका लागि मेहदी हसन मिराजले चार, तास्किन अहमदले तीन,सोरिफुल इस्लामले दुई तथा महमदुल्लाहले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१४ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ७७ रनको योगदान गरे । त्यस्तै लिट्टन दार र यासिर अलीले समान ५० रन जोड्दा कप्तान तमिम इकबालले ४१ रनको योगदान गरे ।



यससँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार ९:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया