जापानका प्रधानमन्त्री किशिदा आजदेखि दुई दिने भारत भ्रमणमा
फरकधार / ५ चैत, २०७८

जापानका प्रधानमन्त्री फुमियो किशिदाको दुई दिने भारत भ्रमण आजबाट सुरु हुँदैछ ।

राजधानी दिल्लीमा हुने भारत-जापान शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री किशिदा भारत आउन लागेका हुन् । 

पदभार ग्रहण गरेपछि उनी पहिलो पटक भारत भ्रमणमा आउन लागेका हुन् । उनले प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् ।



यसअघि सन् २०१८ मा टोकियोमा भारत र जापानबीच शिखर वार्ता भएको थियो। रुसविरुद्ध पश्चिमी देशहरू एकजुट भएर रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका बेला यो भ्रमण निकै महत्त्वपूर्ण मानिएको छ ।



यस शिखर सम्मेलनमा दुवै देशले द्विपक्षीय सहयोगको समीक्षा र सम्बन्धलाई मजबुत बनाउने अवसर पाउनेछन् । 

साथै, यो बैठकले क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्नेछ ।

यसअघि प्रधानमन्त्री मोदीले अक्टोबर २०२१ मा प्रधानमन्त्री किशिदाको पदभार ग्रहण गरेपछि वार्ता गरेका थिए । 

दुबै पक्षले ‘विशेष रणनीतिक र विश्वव्यापी साझेदारी’लाई थप सुदृढ गर्ने इच्छा व्यक्त गरेका थिए ।

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १०:५७:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया